नेपाली काँग्रेस का प्रभावकारी नेता डा शेखर कोईराला सँस्थापन समुह बाट असन्तुष्ट नेताहरू को आज एउटा छुट्टै बैठक बोलाएका छन ।
श्रोतका अनुसार पार्टी सभापति शेर बहादुर देउबा को कार्यशैली र रवैयया ले पार्टी को लोकप्रियता एकदमै कमजोर हुँदै गरेको ले अब नयाँ नेतृत्व को खाँचो छ ।
डा शेखर कोईरालालाई जिम्मेवारी सुम्पिने कसरत जारी रहेको श्रोतले टाईम्सपाटीलाई बताएका छन ।
आज दिउँसो १ बजे बालुवाटार स्थित सम्पर्क कार्यालय मा १४औँ महाधिवेशनमा डा शेखर कोईराला पक्छबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रिय नेताहरूलाई बैटक मा बोलाईएको छ ।
काँग्रेस ले असोज ४ गते केन्द्रिय समितिको बैठक बोलाएको छ भने कोईराला समुह छुट्टै बैठक आज बस्न लागेको छ ।
समसामायिक विषयमा ब्यापक छलफल गरि ४ गते को पार्टी को बैठकमा सामुहिक धारणा प्रस्तुत गर्न तयारी गरिने छ ।।