कार्तिक २, काठमाण्डौ, विश्वभरि चर्चामा रहेको नेपाली मोडल दिपिकाले भाग लिएको अहिले ७२ औ सस्करणको मिस युनिभर्स प्रतिस्पर्धा जारी रहेको छ ।
आज मात्रै मिस युनिभर्सको प्रि फिनाले सम्पन्न भयो । मिस युनिभर्समा नेपालबाट जेन दीपिका गारेटले प्रतिस्पर्धामा भाग लिएकी छन् ।
मिस युनिभर्समा नेपालको नाम यसरी चर्चामा आएको पहिलो पटक हो ।
दिपिका प्लस साइजको भन्दै अन्तराष्ट्रिय मिडियाले चर्चामा ल्याएको छ ।
उनको आत्मविश्वासको अन्य देशका सुन्दरीले समेत चर्चा गरिरहेका छन ।