नेताहरू ईमानदार न भए सरकार ढल्ने , गठबन्धनको सरकार परिवर्तनका विषयमा छलफल ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गुटको बैठक राखेर भागबण्डा, केन्द्रीय कार्यसमितिको बैठकका साथै गठबन्धनको सरकार परिवर्तनका विषयमा छलफल गरेका छन् ।
मंगलबार काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा कोइरालाले एक दर्जन नेताहरूलाई बोलाएर गुटको बैठक गरेका हुन् । गुटको बैठकमा सरकारको कामकारबाही लगायतका विषयमा छलफल भएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।
उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा पनि सामान्य छलफल भएको बताएका छन् ।
भ्रष्टाचार मुक्त सरकार को परिकल्पना गरिरहेका नेपाली जनता को हक मा नेताहरू ईमानदार न भए यो सरकार नै ढाल्नु पर्ने अवस्था आउन सक्ने एक नेताले बोल्दा उपस्थित सदस्यहरूले समर्थन जनाएका थिए ।
गुटको बैठकमा उप–सभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।
त्यसै गरी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, दिनेश कोइराला, सरिता प्रसाइँ, प्रतिमा गौतम, चन्द्रमोहन यादव, दीपक गिरी, सञ्जय गौतम, मधु आचार्य, मुक्ताकुमारी यादव लगायतको उपस्थिति रहेको थियो ।
हालै केन्द्रीय कार्यसमितिमा मनोनीत भएका नेता मीनेन्द्र रिजाल पनि शेखर समूहको बैठकमा सहभागी भएका छन् । सभापति शेरबहादुर देउवाले दुई महिना अगाडि केन्द्रीय सदस्य पदमा मनोनीत गरेका थिए ।
चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा चुनाव लडेपछि कारवाहीमा परेका दिनेश कोइराला पनि शेखरको गुटको बैठकमा सहभागी छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते बस्न लागेको छ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् ।