असोज ३ गते सँविधान दिवसको रूपमा देश भरि हर्षोल्हास का साथ सँविधान दिवस मनाईएको छ ।
त्यसै क्रममा हिजो माइतीघर मण्डलामा मधेसी युवाहरूले संविधानमा असन्तुष्टि राख्दै विरोध कार्यक्रम गर्दै गर्दा प्रहरी प्रशासनले प्रदर्शनमा उत्रिएका यूवाहरूलाई पक्राऊ गरेको समाचार समाजिक सँजालमा भाईरल बनेको छ ।
प्रदरशनमा उत्रेका मधेसी यूवाहरूलाई प्रहरीले जोरजबर्जस्ती गरी १३ जना आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने भएका छन् भन्ने सामाजिक अभियन्ता रिता साह ले आफनो फेसबुक वालबाट पोष्ट गर्नु भएको हो ।
उनीहरु उपर मुद्दा चलाउनु लोकतन्त्र र मानवअधिकारको ठाडो उल्लंघन गर्नु हो तसर्थ, पक्राउ परेका आन्दोलनकारीहरुको नि:शर्त रिहाई गर्न साहले आपिल गरेकी हुन ।।