चतुर/ध्रुत हावी भए । लोभी/पापी एक ठाउॅंमा भए । दासहरूले मौनता साँधे : साहिद अली

चतुर/ध्रुत हावी भए । लोभी/पापी एक ठाउॅंमा भए । दासहरूले मौनता साँधे : साहिद अली

ने काँग्रेस का सुभेच्छुक सँगठन ने मुस्लिम सँघ मा धुर्त र लोभिहरू हावी भएको आरोप साहिद अलीले लगाएका छन । ने मुस्लिम सँघ को पूर्व सचिव समेत रहेका अलि लाई सभापतिले आफनो ईशारा मा नाच्ने गुटलाई समेटेर आफुलाई आधारहिन आरोप लगाई कार्यवाहीको नामले सँघ भन्दा अलगग्याएको उनको आरोप छ ।

समुदाय र पार्टिको हित का लागि न भएर आफनो व्यक्तिगत स्वार्थका लागि सत्तार मिया एण्ड कम्पनि सँगठनलाई व्यक्तिगत सम्पत्ति बनाएका छन जहाँ उनका दरबारिहरूले ईमानदार लगनशिल कार्यकर्ता तथा नेतालाई छिर्नै दिएका छैनन भन्ने आरोप अभियनता सलिम अन्सारीको छ ।

सँघ को जमात देखाएर आफु नेतृवसँग बार्गेनिँग गर्ने र सम्माननिय पद अगोट्ने बाहेक सत्तार मियाले केही गर्न नसकेको अन्सारी को भनाई छ ।

बुढेसकालमा चिल्लो गाडिमा तन्नेरीहरू बोकेर होटल लज धाउनेहरू पनि सँघमा समाहित भए तर समाजका लागि त्याग गर्नेहरू लाई नेतृत्वमा आउन रोकने गिरोह ले सँघ कबजा त गरे तर समाजमा उनिहरूको हैसियत सबले बुझेका छन भने सँघ मा रहेका पार्टी प्रति ईमानदार सदस्यहरूलाई माथिल्लो तहमा छिर्नै नदिने सत्तार मियाको सिन्डिकेट तोड्नका लागि छिटै देश भरी समानन्तर सँगठन निर्माण हुने अन्सारीले ठोकुवा गरेका छन ।

सम्बन्धित समाचार