ने क पा माओवादी केन्द्र अध्ययक्छ प्रचण्ड को नेतृत्वमा बनेको वर्तमान सरकार ढाल्न का लागि प्रमुख विपक्सी दल एमाले लागि परेका छन ।
कुनैबेला पनि यो सरकार ढल्न सकने बक्तव्य प्रधानमन्त्री प्रचण्ड ले समाजवादी मोर्चाका कार्यक्रम बिराटनगर मा बताएका थिए । ने काँग्रेस आवद्ध गठबन्धन को सरकार ले जनताको हितमा काम गर्न नसकेको निस्कर्ष आम जनताले चर्चा गर्न थालेका छन ।
केपी ओलीले हरेक शक्ति अपनाएर भएपनि यस सरकार बाट प्रचण्डलाई विस्थापित गर्नु पर्ने घोषणा गरि सकेका छन । हालै सम्पन्न ने काँग्रेसको के्न्द्रिय बैठकमा काँग्रेसकै नेतृत्वमा सरकार बन्नु पर्नेमा जोड दिएका थिए । काँग्रेस को ९ जना मन्त्रि समेत रहेकोमा उप प्रधानमन्त्री पुर्ण बहादुर खडकाले बैठक मा प्रधानमन्त्री को क्रियाकलाप को विरोध जनाएका थिए ।
प्रधानमन्त्रिको बक्तव्यले अराजकता निम्त्याएको ले जातिय सदभाव मा खलल हुन थालेको ले सदभाव कायम गर्न पनि सरकार काँग्रेसको नेतृत्वमा हुनु पर्ने कुरा मा खडकाले जोड दिएका थिए । ने काँग्रेस का वरिष्ठ नेता डा शेखर कोईरालाले सरकार नचल्ने धारणा व्यक्त गर्दै आएका छन ।
प्रधानमन्त्रिले जातिय राज्य दिलाउँछु भन्ने बकतव्य ले देशमा अस्थिरतालाई बढावा दिनु उचित नभएको बताएका छन । अराजकता लाई सुशासन कायम गर्नलाई काँग्रेस नेतृत्वको सरकार बन्नु पर्छ भन्ने कोईरालाको अडानले सरकार चाँडै ढल्ने हल्लालाई उर्जा थपिएको बुजिन्छ ।