दशैँ को मुखमा बिराटनगर सुनसान । जताततै " टु-लेट " को बोर्ड ..किन ?

विगत लामो समय देखि सिमावर्ति बजार जोगबनी मा लामो जाम लाग्ने गरेको छ। अत्याधिक ग्राहक को चाप ले जोगबनी बजार जहिले पनि भिडभाडको जाम लाग्ने गरेको छ ।

चाडपर्व तथा लगन को मुखमा त झन मान्छेको चाप थामी नसक्नु हुने गरेको छ ।

सिमा वारी को बजार दिन दिनै सुकेको गुनासो विभिन्न समाचार माध्यम मा समाचार पढ्न पाई रहन्छ ।

बिराटनगर को बजार का पसलेहरू ले बजार सुनसान हुने कारणले सिमा नाकाबाट सामान किनमेल रोक लगाउन स्थानिय सरकारलाई जोड दिँदै आएका छन ।

कहिले काहीँ सिमा मा कडाई गर्न खोज्दा पनि बिराटनगर को बजार मा व्यपार बढ्न नसकेको ले सरकार र पसलवाला हरू चिन्तित छन । किनमेल गर्ने सर्वसाधारण को भनाई अनुसार जोगबनी मा ५००० को सामान किन्दा त्यति सामानको  बिराटनगरमा झण्डै ८- १० हजार सम्ममा किन्नु पर्ने हुन्छ ।

चर्को मुल्य मा सामान किन्नु भन्दा दुख गरेर भए पनि सस्तो बजार जोगबनी मा सामान किन्न बाध्य रहेको गुनासो ग्राहकले बताउँछन ।

केही समय देखि नेपाली जनता आर्थिक सँकट को भुमरीमा फसदै आएका छन । बैँक तथा सहकारी सँस्था को चर्को‌ब्याज तिर्नु पर्ने बाध्यता र बजार मन्दी का कारण सर्वसाधारणको किनमेल क्यापासिटी निकै घटेको ले पनि गर्हकहरू महँगो विलासिता जिवन शैलीबाट जोगिन खोजेका छन र सस्तो को खोजी मा रहनु परेको बताऊँछन ।

जब सम्म सिमा वारि का पसलहरू सुपथ मुल्यमा ब्यापार गर्दैनन तब सम्म बजार फस्टाउन अवस्था नरहेको छर्लँग छ ।।

सम्बन्धित समाचार