नेपाल विधुत प्राधिकरण ले नेपाली जनतालाई अनेक बहानाबाट लुटी रहेको सर्वसाधारणले समाजिक सन्जाल मार्फत व्यक्त गर्दै आएका छन ।
यस विषयमा सरकार को उदासिनता र सरोकारवालाहरूको लापार्वाहीको परिणाम जनता लुटिँदै आएकाछन ।
बिजली बिल मा सर्भिस चार्ज भनेर १२५ रूपैया थप गरि बिल उपभोक्तालाई बुझाईन्छ भने बिराटनगरको रानी काउन्टर लगायतका काउन्टरहरूमा बिल रकम भन्दा १०० रूपैया छुट्टै असुल गरिन्छ ।
भएभरको महँगाईको भार नेपाली जनतामाथि लादिँदा पनि जनता चुप चाप रहने बानी ले पनि होला सरकारी निकायको मनपरी बढेको हो । बिजली बिल मा विभिन्न चार्ज जोडेर रकाम असुल गरिन्छ ।
कुनै कारणले रकम तिर्न उपभोक्तालाई ढिला भएको छ भने त कुरै छोडि दिनुस , मिटर रिडिँग लाई मिटर ब्याज को रूपमा परिणत गरिन्छ ।
यसलाई सहज र जातज बनाउने जिम्मेवारी कसको ? किन विधुत प्राधिकरणमाथि लगाम लगाउन सकेको छैन होला ? कसरी विधुत प्राधिकरणका सानो देखि ठूलो कर्मचारी मालामाल भई रहेका छन ? यसको छानबिन कासले गर्ने ??
हुन त छानबिन र अनुगमन गर्ने विभाग पनि छिट्टै मालामाल भई हाल्छन के ग्रने होला । जनता को गुनासोलाई सहज बनाउन प्राधिकरण माथि अविलम्ब लगाम लगाउनु जरूराि छ ।