राजनैतिक अवसरबाट पिछाडिएका उत्पिडित वर्ग तथा समुदायहरूको समानन्तर अधिकार पहिचान सम्मान सहित प्राप्त भएको सँघिय लोकतान्त्रिक गण्तन्त्र हो ।
गण्तन्त्रलाई सिद्ध्याउने र प्रतिगमनको बाटोमा लैजाने एकात्माक शासनको तयारीमा राजावादीहरू सक्रिय देखिदैछन ।
विगत लगभग दुई दशक को अवधीमा लोकतन्त्रको वकालत गर्ने पार्टी तथा नेताहरूको अदुरदर्शिता र कमि कमजोरी को ढाँडमा चढेर टाउकोमा टेकने राजावादीहरू जनतामा सक्रिय भएको देखिन्छन ।
राजावादीहरू आफनो शाषण फरकाउन जोडतोडले लागि परेका तर भने खासै परिवर्तन नभएकोले सोझा साझा यूवालाई जातियताको एजेण्डामा समेट्न सफल हुन थालेका छन ।
राजावादीहरू पुरानै एकात्मक क्रुर तानाशाही शाषण फरकाउन हिन्दुत्वको एजेण्डालाई अघि सारेका छन । राजालाई मन न पराएपनि हिन्दुत्वको नाममा यूवाहरू सक्रिय हुन थालेका छन ।
त्यस्तै प्रदेस का नेताहरूको कमिकमजोरीका कारण सँघियतालाई बदनाम गर्दै प्रदेश खारेजीको अभियानलाई अघि सारेका छन ।
नेता भ्रष्टाचारी भयो भने नेताको विरूद्ध अभियान नचलाएर सँघियता भारी भयो भन्दै कपोकल्पित झुटो नारा लगाएर सँघिय लोकतान्त्रिक गण्तन्त्र लाई सिद्ध्याएर एकात्मक शाषण फरकाउने अभियान अन्तरगत हिजो सनातन यूवा मन्चले बिराटनगरमा मोटरसाईकल र्याली को आयोजना गरिएको थियो ।
र्यालीमा राजतत्र फरकाउने नारा सहित सँघियता विरोधी नारा खुब घन्केको थियो । प्रतशदर्शीहरूका अनुसार र्यालीमा राजावादी को उपस्थिति निकै कम देखिएको थियो ।
एमाले र काँग्रेसकै यूवाहरू को सहभागिता उल्लेख्निय थियो ।
एक तर्फ राजावादी ग्यानेन्द्र शाही र दुर्गा प्रसाई जस्ता ले मारबाडी भगाउने अभियान नै चलाएका छन भने राजावादी र्यालीमा मारबाडी हिन्दु यूवाहरूको पनि सहभागिता देखिएको थियो ।