यहि असोज २४ / २५ गते जनकपुरमा हुन गइरहेको नेपाल कम्युनिष्ट पार्टी एमाले प्रथम मधेश प्रदेश अधिवेशनका लागि सप्तरीबाट प्रतिनिधि छनौट अन्तिम चरणमा छ ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका बाहेक सबै पालिकामा आइतवार प्रतिनिधि छनौट सकिएको जिल्ला पार्टी कार्यालयले जानकारी दिएको छ ।
१८ गते मनोनयन दर्ताकै दिन जिल्लाका १० वटा पालिकामा अधिवेशन प्रतिनिधि सर्व सम्मतले चयन बाँकी ८ वटा चुनावी प्रकृयामा थियो ।

डाक्नेश्वरी, खडक नगरपालिका,विष्णुपुर, राजगढ़, छिन्नमस्ता, तिलाठी कोइलाडी, बलान बिहुल तिरुहुत,महादेवा गाउपालिका र हनुमाननगर कंकालिनी मा सर्वसम्मत भएको थियो ।
चुनावी प्रकृयान्तर्गत २० गते भएको निर्वाचनमा सप्तकोसी खुल्ला तर्फ उत्तम प्रसाद शर्मा गौतम, उचित नारायण चौधरी महिलामा जीत कुमारी पौडेल युवामा सरीता चौधरी निर्वाचित भएका छन् । यस्तै कञ्चनरुपमा श्याम पोखरेलले सहमतिमा नाम हटाएपछि खुल्ला तर्फ बसन्त कुमार मिश्र र राज कुमार साह सर्व सम्मत भएका थिए भने २० गते निर्वाचनबाट महिलामा आसरादेवी चौधरी, ईश्वरी पोखरेल र युवामा जीवन श्रेष्ठ (मनिष) चुनिएका छन् ।
महिलामा कल्पना चौधरी र युवामा मुकेश साह, संजय पासवान प्रतिस्पर्धामा थिए । शम्भुनाथमा खुल्ला तर्फ मोहम्मद अब्दुल मरीक साकिर महिलामा सागर चौधरी निर्वाचित छन् भने रुपनी गाउँपालिकामा खुल्ला तर्फ मिठु माझी महिलामा लक्षण कुमारी यादव र युवामा दुर्गानन्द झा चुनिएका छन् । यस्तै बोदे बर्साइन नगरपालिकामा विजय नारायण कापैर, धर्मेन्द्र यादव खुल्लामा निर्वाचित भएका छन् भने महिलामा गुडिया कुमारी र युवामा अनोज यादव छन् ।
यस्तै सुरुङ्गा नपामा खुल्ला तर्फ देव नारायण चौधरी महलामा सवनम खातुन र युवामा रजत कुमार चौधरी निर्वाचित भएको पार्टीका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले जानकारी गराएका छन् ।
अध्यक्ष चौधरीको अनुसार राजविराजमा २१ गते सम्पन्न निर्वाचनमा खुल्ला तर्फ विश्वनाथ मण्डल निर्वाचित भएका छन् । यस अघि महिलामा सशीता कुमारी देव र युवामा रज्जन कुमार झा सर्व सम्मतले चयन भइसकेका थिए ।