
मोरँग को जहदा गाऊपालिकामा भर्खरै रोजगार विशेष कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा जहदा गाऊपालिकाका प्रमुख (मेयर) जितेन्द्र प्रसाद साह ले रोजगार सन्योजकको छनोटमा आफ्ना परिवार को सदस्यलाई प्राथमिक्ता दिएको आरोप स्थानियहरूले लगाएका छन ।
मेयर साहले आफनाो जेठो सालो प्रशान्त कुमार साहलाई सिफारिस गरेको भन्दै समाजिक सँजालमा विकास साहले विरोध जनाएका छन । विकास साह ले आफनो समाजिक सन्जालमा मेयर साहले अख्तियार को दुरोपयोग गरेको भन्दै कडारूप मा विरोध जनाएका छन ।
उनका अनुसार मेयर साह ले विगत केही दिन अगाडि आफना कान्छा सालो पन्कज साहलाई श्री लछ्मी आधारभुत विधालय जहदा १ को प्रधानाध्यापक बनाएको आरोप समेत लगाएका छन ।
श्रोतका अनुसार जहदा गाउपालिकामा परिवारवाद आफन्तवाद हावी भएको सर्वत्र चर्चामा छ । आफना आसेपासेलाई मात्र अवसर प्रदान गरेको आरोप मेयर साह माथि स्थानिय यूवाहरूको गुनासो समाजिक सँजालमा भाईरल भएको छ ।
एकातिर भ्रष्टाचार आफन्तवाद परिवारवाद जस्ता आरोप मेयर जितु साह माथि खनिएको छ भने उनकै समरथक समाजसेवी कहलाउने गुरु दयाल राय ले मेयर जितु साह माथि लगाएको आरोप त्थ्यहिन हो र आईन्दा मेयर साह को विरूद्ध समाचार छापिए भने मुद्दा हाल्छु भन्दै राय ले टाईम्सपाटीका रिपोर्टरलाई धम्काउन खोजेको खेदजनक कार्य हो । स्थतिलाई समाज को अगाडि ल्याउने सुचना सम्प्रेशनको बाधक बन्न खोजनेहरूको धाक धमकी सँग डराएर समाचार रोकिन्न ।