मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो कालोमोसो दलेका हुन्।
दुर्गा प्रसाईका एक समर्थकले टाईम्स पाटी लाई बताए -" माडवारी को पैसा खाएर केहि अराजक प्रवृत्तिका फटाहा लम्पटहरूले उहाँ माथि यस्तो हरकत गार्ने प्रास गरेको हो । तर वहाँ डराउने र थाकने व्यक्ति चैँ होईन । अझ कडा रूप ले अगाडि आउने छन "
एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बताए।
‘उहाँमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उनले भने, प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन ‘घटनाबारे थप अनुसन्धान हुँदैछ।’