कर्मचारीमाथि लाठी चार्ज । आक्रोशित कर्मचारीले स्थानीय तह ठप्प पार्ने चेतावनी

 काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

संघीय निजामती विधेयकलाई लिएर नौ दिनदेखि आन्दोलन गरिरहेका कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

382644773_628264962821348_5148580856507724729_n.jpg

प्रहरीको लाठीचार्जबाट केही कर्मचारी घाईते भएका छन् । प्रहरी हस्तक्षेपपछि आक्रोशित कर्मचारीले अब स्थानीय तहमा सै काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

उनीहरुले सरकारले आफ्ना मागप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार