सिरहा, मधेस प्रदेसको सिरहा जिल्लाको मिरचैया बजारमा ब्यापारी र राजस्व कमचारी बिच विवाद भएको खबर देश भरि चर्चामा आएको छ ।
आर्थिक मन्दीको मारमा परेका ब्यापारीहरूलाई बैँकहरूको ब्याज किस्ता तथा मिटर ब्याजले थिचिएको अवस्थामा ब्यापार पनि नचलेको कतिपय ब्यापारी वा तिनका परिवारका सदस्यहरू विदेश पलायन हुन थालेको छ ।
चाडपर्वको मुखमा महँगाई मुयवृद्धी अार्थिक सन्कटको बेला ब्यापार भन्ने शुन्य रहेको ब्यापारीहरूले बताउँछन ।
दशैँ खर्च को उद्देश्यले राजस्व विभागका केही करमचारीहरूले थप दुख दिन थालेको गुनासो ब्यापारीहरूको रहेको छ । ब्यापारै नचलेको बेला करमचारीहरू अनुगमन को नाम मा जरिवाना ठोक्ने , कार्वाही को धमकी दिने , लफडा लगाउने जस्ता ब्यापारीहरूलाई मानसिक तनाव दिन थाले पछि ब्यापारी र राजस्व कर्मचारी बिच विवाद बढेको एक ब्यापारीले बताए ।
विवाद बढेपछि करमचारीले प्रहरीको सहयोगमा धडपकड गर्न खोज्दा ब्यापारीहरू एक जुट भएर राजस्व करमचारीहरूलाई लखेटेर टायर बालेर सडकमा केही बेर प्रदर्शन समेत गरेको खबर देशभरि फैलिएको छ ।