भरखरै काठमाण्डुको सुनकाण्डले चर्चा लिएको छ । देशको राजधानी स्थित कडा सुरक्शा घेरा भित्र रहेको त्रिभुवन विमान स्थलबाटै सबैको मिलेमतोमा त्यत्रो सुन काण्डको घट्ना बाहिरिँदा झन सानो खुला सिमानाको अवस्था के होला अनुमान गर्न सकिन्छ ।
आखिर हाकिमहरू बोर्डर एरियामा सरूवा गराउन किन पलकेका हुन्छन भन्ने अनुमान गर्ने विषय पनि हो ।
देशभरि अस्थिरतामा फसेको सरकारले नियनत्रण गर्न नसकेकोको तस्करी अहिले अति नै मौलाएको छ ।
प्रहरी प्रशाषण देखि लिएर भन्सार विभाग सम्मका केहि कर्मचारीहरू पैसै कमाउन सिमाबर्ति ठाऊँमा आएको बुझिन थालिएको छ ।
ब्लेकिया र तस्करहरूसँग लाईन दिने र सेटिँग गर्न कै लागि जागिर गरे जसतो बुझिन्छ ।
भारतको सिमानामा जोडिएका नेपाल भरिका भन्सार मध्ये सबै भन्दा ठूलो भन्सार बिरगँज रकसौल भनसार छ भने बिराटनगर जोगबनी दोश्रो ठूलो भनसारको श्रेणीमा आऊँछ ।
खुला सिमाना देखाई तस्करी हुने बहाना देखाँउदै ठूला ठूला हाकिमहरू पन्छिने गर्द छन ।
मुख्य भनसार बाटै करोडैँ तस्करी भई रहने तर सर्वसाधारणको पोका चेक गरि भनसार काट्न लगाउने गरेको गुनासोहरू दिनहुँ आई रहन्छन ।
तस्करीको लाईन चलाउनेहरूको बिगबिगि छ ।
प्रहरी प्रशाषन मुगदशक बन्नु पर्छ। माथि बाटै आँखा चिम्लिनु पर्ने आदेश हुन्छ ।
यसरी ब्लेकिया तस्करहरूको गाडि सफारी ठेला वा पोका कहिल्यै नदेख्ने भन्सार कर्मचारी , सशश्त्र जवान, प्रहरी जवानहरू खालि आम जन्ताको सामान चेकजाँच गरि कानुनको पाठ पठाउने आम जनताको गुनासो छ ।
दिन भरिमा बिहान दिऊँसो बेलुका गरि केही विशेष समय आखा चिम्लिने र तस्करलाई लाईन दिने गरेको स्थानियहरूको भनाई छ ।
त्यो विशेष अवधीमा सिसि टिभि क्यामेरामा हाकिमहरू के देखछन वा देखदैनन भन्ने सर्वसाधारणको प्रश्न छ ।
यदि सिसि टिभी क्यामेरा छ भने तस्करी कसरी हुन्छ ??
यसको जवाब हाकिमहरू सँग खोजनेवाला कोहि माथिल्लो तहमा छन कि छैन ।
कि तस्कर सेटिँगको मोटो रकमको भाग्भण्डा माथिल्लो तह सम्म जान्छन ??
यस्ता धेरै प्रश्नहरू जनताको मुखबाट सुन्न पाईन्छ ।
राति १० बजे देखि बिहान ६ बजेको अवधी दुवै देशको सिमाना जोगबनी तथा रानी भन्सारमा ढाट गिराईएको हुन्छ ।
त्यो ढाट गिरेको अवधीमा मध्य राति वा एकदम बिहानैबाट खुलेआम सामान ओसारपोसार हुन्छ भनेँ हटिया नै लागेको हुन्छ तर सर्वसाधारणको सवारी साधन आउनजान दिईदैँन ।
केही दृश्यहरूको भिडियो पनि श्रोतले टाइम्सपाटी लाई पठाएको छ ।
शिघ्र नै त्यो भिडियो आउने छ र तस्करी भ्रष्टाचारी बेतिथि अनियमितता विरूद्धको हाम्रो आवाज जनताको अगाडि लगातार आउने छन ।