अन्तिम प्रयास स्वरूप विद्रोह गरेर भए पनि शेखरले बचाए काँग्रेस । गठबन्धन तोडेर मुख्यमन्त्री ।

विगत केही समय देखि ने का का वरिष्ठ नेता पार्टीलाई चुस्त दुरूस्त बनाउनका निम्ति देश भरि नै निकै दौड धुप मा व्यस्त छन ।

पार्टि नेतृत्वको गलत निर्णय प्रति कोषइरालाले बारम्बार आवाज उठाउन र निर्णयको बिरोध गर्न कहिल्यै चुकेनन ।

वर्तमान गठबन्धनको सरकार मा प्रधानमन्त्री प्रचण्डको रवैया र अराजक बक्तव्यहरूको कोईरालाले खुलेरै विरोध जनाएका थिए ।

प्रचण्ड भन्दा अब काँग्रेस कै सरकार बनु पर्छ र सुशाषन ल्याउन सकनु पर्छ भने्ने कोइरालाको धारणा पछिल्लो समय लगातार कडा रूपले आउन थालेको हो ।

पार्टी सभापति शेरबहादुर देउबाको कसर्यकालमा पार्टी नै समाप्त हुन लागेको चिन्तामाचरहेका काँग्रेसप्रेमीहरूको आशा र भरोषा बनेर उभिएका डा शेखर कोइराला को बोल्ड निर्णयहरूले ईमानदार कार्यकर्ताहरूमा खुशिली छाएको छ ।

कोशी प्रदेशको हकमा कोईरालाले गठबन्धनलाई छोडेर एमाले सँग सरकार बनाउने पहल गर्नु भएको हो ।

एमाले सँग को सहमतिलाई कतिपय मिडिया र कार्यकर्ताले बिद्रोह को नाम दिएको छ । काँग्रेसबाट कोशी प्रदेसको मुख्यमन्त्री को लागि केदार कार्की लाई अगाडि बढाएको खबर छ ।

नेपाली कांग्रेस पार्टी भित्र आज अत्यन्तै ठूलो रोगको सामना गर्नु परेको छ।आफुले भनेको मान्छेले नपाउंदा कांग्रेस भित्रै विकल्प नखोजी माओवादी लाईनै मुख्यमन्त्री जिम्मा लाउने कुराको जति निन्दा गरे पनि कम हुन्छ। कोशी प्रदेशको मुख्य मन्त्री नेपाली कांग्रेसको भागमा परेको हो ।

कांग्रेस नेतृत्वले पार्टी समाप्त गर्ने अभियानमा लागेर माओवादीलाई मुख्य मन्त्री पद सुम्पने निर्णय गरेपछि कांग्रेस बचाउने अन्तिम प्रयास स्वरुप नेता शेखर कोइरालाले यो कदम चाल्नुभएको हो ।

डा शेखरको यो कदमले पार्टीको साख अझ माथि पुगेको छ।

डा शेखर कोइरालाको यो सहमति हो या विद्रोह , जे जसतो भएपनि धेरै बोल्ड डिसिजन हो भन्दै शुभचिन्तकहरूमा थप उर्जा बढेको देखिन थालिएको छ ।

कार्यकर्ता र जनताको हक हितका लागि डा शेखर कोइराला को पक्शमा जनाधार निकै बढेको छ ।

चाँडै नै डा शेखर कोइराला प्रधानमन्त्री बनेको देख्न पाउने आशमा शुभचिन्तकहरू बसेका छन ।

सम्बन्धित समाचार