बढुवा रोकिएको भन्दै शुक्रबारबाट डाक्टरहरूको सामूहिक राजीनामा ।

१७७ जना डाक्टरहरूले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा

दिपक भट्टचार्य (टाइम्स पाटि संवाददाता)

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् । चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाए बताइएको छ ।

चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापन पत्र बुझाएका थिए । पटक पटक सहमति भए पनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनीहरूको भनाई छ ।

 

 

सम्बन्धित समाचार