भ्रष्टाचार अभियोगमा नगर प्रमुखलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना

 

२५ असोज,वीरगञ्ज । भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई सजाय भएको छ ।

प्रमुख यादवलाई तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना तोकिएको छ ।

विशेष अदालतले कसुर ठहर्याएपछि यादवलाई उक्त सजाय सुनाइएको हो ।

प्रचलित ऐन कानुन विपरीत लाल बकैया नदीको ठेक्का रद्द गरी पालिकालाई आर्थिक नोक्सान पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले प्रमुख यादवलाई दोषी ठहर गरेको हो ।

उहाँ स्थानीय निर्वाचनमा दोस्रो कार्यकालको लागि पनि चुनिनुभएको थियो । उक्त प्रकरणमा आयोगले २१ जनालाई प्रतिवादी बनाएकोमा अदालतले प्रमुख यादवलाई मात्रै ठहर गरेको थियो ।

सम्बन्धित समाचार