नेपाली राजनितिको शिखर चड्दै मास्टर स्ट्राईकर डा शेखर कोईराला ।

अबको प्रधान मन्त्री डा शेखर कोईराला नै हुने आशा जनतामा बढेको छ ।

कोशीको मास्टर स्ट्राईकर डा शेखर कोईराला ।

ने काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईराला  नेपाली राजनितिको शिखर चड्दै जनतामा एउटा ईमानदार स्पष्ट बक्ता र धैर्यवान नेताको रूपमा आफनो छवी बनाएका छन ।

कम समयमा धेरै नै लोक्प्रियता हासिल गर्नु भएका डा शेखर कोईराला जनताको हरेक सुख दुखमा अगाडि बढेर सहयोगमा जुट्ने नेताको रूपमा चिनिन्छन ‌।

अन्याय अत्याचार उत्पिडनमा परेका गरिब किसान मजदुर लगायत हरेक वर्ग तथा समुदायको हकमा डटेर बोल्ने नेता डा शेखर कोईराला फेरि आज ठूलै चार्चा बनेका छन ।

सत्ता गठबन्धनमा रहेका ने का र माओवादी सरकारको प्रधानमन्त्री प्रचण्डको अराजक बोली र शैली विरूद्ध खुलेर बोल्ने डा कोइराला सँग अहिले सम्पुर्ण राजनैतिक दल र नेपाली जनतामा निकै चर्चामा रहेका छन ।

ने काँग्रेसका पार्टी सभापति शेर बहादुर देउबाले आफनो पार्टिगत साख र बर्चश्व बचाउन कृष्ण सिटाउलालाई कोशी प्रदेश दुई चोटी जिम्मा लगाएका थिए । नैतिकताको अधारमा दुवै पटक सिटाउला समुहका नेता उद्धव थापा मुख्यमन्त्री बन्न सकेनन ।

अहिले पनि आफनो प्यानलको सहमति हुन नसकेको ले शेरबहादुर देउबाले कोशी प्रदेशमा काँग्रेस भित्रै अन्य कसैलाई बिकल्प नदेखेर माओवादीलाई कोशी प्रदेशको मुख्यमन्त्रीको साँचो बुझाएको निर्णयले सम्पुर्ण पार्टि नै चकित र चिन्तित बने काे थियो ।

पार्टी नै धरापमा ल्याउने देउबाको सो निर्णयबाट अन्य नेता र कार्यकर्ता दुखि बनेकाे थियो । माऔवादीको मुखैबाट साँचो खोसेर काँग्रेसीहरूको मनोबल र सिर दुबै उच्च बनाउने नेता डा शेखर कोईराला सर्वत्र धन्यवादको पात्र बनेका छन ।

क्रिकेट खेलमा जसरी लास्ट बलमा ५ रनको आवश्यक्ता हुँदा डा शेखरले बाउन्ड्री हाने जस्तै गठबन्धन तोडेर भएपनि एमालेको समर्थनमा आज काँग्रेसका यूवानेता केदार कार्कीलाई मुख्यमन्त्री बनाएर एउटा नयाँ ईतिहास कोर्न फेरी सफल भएका छन ।

कोशीमा बाउन्ड्री हान्न सफल भएका नेता कोईराला अब सिँह दरबारमा शतक हान्ने आशा जनतामा बढेको छ । अबको प्रधान मन्त्री डा शेखर कोईराला नै हुने निश्चित भन्दै चोक चौराहाहरूमा डिबेटको विषय बनेको छ ।

सम्बन्धित समाचार