माओवादीलाई सरकारमा सँलग्न गराउन खोजे समर्थन फिर्ता लिन्छौँ, मध्याव्धीमा जान्छौ : हिकमत
कोशी प्रदेशमा भरखरै सत्ता गठबन्धन को समिकरणलाई ध्वस्त पारेर विद्रोही मुख्यमन्त्री केदार कार्की ले सपथ लिँदै गर्दा सहयोगी एमाले नेता हिकमत कार्कीको चर्को बक्तव्य आएको खबर श्रोतले टाइम्सपाटीलाई बताएको छ ।
डा शेखर कोईरालाले ने काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्णय विरूद्ध एमाले सँग सहमति गरि कोशी प्रदेशमा सरकार बनाएको खबरले गठबन्धनमा भुईचालो मचेको छ ।
प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देऊबाको दावाबलाई पन्छ्याउदै आफनो समुहको यूवानेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएका छन ।
एमालेको समर्थनमा बनेको कोशी प्रदेश सरकारमा सहभागि हुन माओवादी र सँस्थापन काँग्रेस लागायतका गठबन्षनका शिर्ष नेताहरू कोईरालालाई दवाब दिन थालेको श्रोतले बताएको छ ।
यो खबरले एमालेका नेताहरू असहमति व्यक्त गर्न थालेका छन । सत्ताको लागि कहिले एमाले कहिले काँग्रेस ठग्ने माओवादीसँग मिले समर्थन फिर्ता लिई मध्यव्धीमा जाने हिकमत कार्कीले ले बताएका छन । हमीले काँग्रेसको नेतृत्बमा मुख्यमन्त्री बनाएको बेला अब फेरी काँग्रेसले माओवादीलाई सरकारमा सँलग्न गराउन खोजे हामी समर्थन फिर्ता लिन्छौँ र मध्याव्धीमा जान्छौ भन्दै एमाले नेता हिकमत कार्की झनकिएको श्रोतले टाईम्सपाटीलाई बताएको छ ।